काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । आइतबारबाट सुरु भएको बैठक आज पनि बस्न लागेको हो ।

आइतबार शंखमुलमा बसेको बैठकमा अधिकांश नेताहरुले पार्टी एकतालाई कायम राख्नको लागि दबाब दिएसँगै आज पनि बैठक बस्न लागेको हो । आइतबारको बैठकमा कार्यदलले सहमति गरेको १० बुँदे प्रस्तावमा पनि छलफल भएको थियो । सहमतिबारे कार्यदलका संयोजकसमेत रहेका नेता भीम रावलले १० बुँदे प्रस्तावबारे ब्रिफिङ गरेका थिए ।

आइतबारको बैठकमा नेपाल पक्षका झलनाथ खनालबाहेक अन्य सबै स्थायी कमिटी सदस्यहरु उपस्थित थिए । नेता खनाल भारतमा उपचार गराइरहेका छन् ।