सुनको मूल्यमा गिरावट
खबर एक्सप्रेस
२०७८-०४-२२ १२:२० मा प्रकाशित
Total Shares: 275
काठमाडाैं - नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा गिरावट आएको छ । यस दिन छापावाल सुन प्रति तोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । यस दिन तेजाबी सुन प्रति तोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार शुक्रवार चाँदी प्रति तोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।
फेसबुक पेज Like गर्नुहोस