काठमाडौं - मंगलबार ३१६ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज ३१६ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या १३,५६४ जना पुगेको छ । पछिल्लो पटक मंगलबार ३१६ जना संक्रमित थपिएका हुन् । यसैगरी, ३,१९४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । यही संक्रमित मध्येबाट २९ जनाको मृत्यु भएको छ ।