मेस्सीले जिते फिफा 'द बेस्ट अवार्ड'
काठमाडौँ - बार्सिलोना एवं अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सी विश्वको उत्कृष्ट खेलाडी बन्दै फिफा वर्ष खेलाडी ुद बेष्टु घोषित भएका छन् ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सोमबार राति इटालीको मिलानमा मेस्सीलाई ुद बेष्टु अवार्ड प्रदान गरेको हो । उनले निकटतम प्रतिन्द्वन्द्वी क्रिस्टियानो रोनाल्डो र भर्जील भान डाइकलाई पछि पार्दै यस सफलता हात पारेका हुन् ।
मेस्सीले यो उपाधि आफ्नो करीअरमा छैटौं पटक जितेका हुन् । यसअघि उनले २००९ देखि २०१२ सम्म लगातार र २०१५ मा जितेका थिए ।
गतवर्ष भने उनी शीर्ष ३ मा पनि परेका थिएनन् । मेस्सीले गतवर्ष बार्सिलोनालाई ला लिगा उपाधि दिलाउनुका साथै च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुर्याएका थिए । उनले यसक्रममा ५८ खेल खेल्दै ५४ गोल र २० असिस्ट दिएका थिए ।
अवार्ड जितेपछि मेस्सीले विशेष दिन रहेको भन्दै खुसी व्यक्त गरे । ‘मलाई यसको हकदार बनाउने सबैलाई धन्यवाद दिन चाहन्छुु उनले भने ।
फिफा अवार्डबाट सम्मानित हुने प्रशिक्षक तथा खेलाडी
उत्कृष्ट पुरुष खेलाडी
लियोनल मेस्सी (बार्सिलोनारअर्जेन्टिना)
उत्कृष्ट महिला खेलाडी
मेगन रापिनो (अमेरिका)
उत्कृष्ट पुरुष प्रशिक्षक
योर्गेन क्लप (लिभरपुल)
उत्कृष्ट पुरुष गोलरक्षक
एलिसन बेकर (लिभरपुलररब्राजिल)
उत्कृष्ट महिला गोलरक्षक
सारी भान भीनेनडाल (नेदरल्यान्ड्स)
उत्कृष्ट महिला प्रशिक्षक
जील एल्लिस (अमेरिका)
फिफा पुस्कास अवार्ड
डेनियल जसोरी (डेब्रेसेनीररोमानिया)
फेसबुक पेज Like गर्नुहोस