प्रधानमन्त्रीद्वारा चीनप्रति ऐक्यबद्धता प्रकट
खबर एक्सप्रेस
२०७६-१२-२२ ०१:५६ मा प्रकाशित
Total Shares: 445
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकार र त्यहाँका जनताप्रति ऐक्यबद्धता प्रकट गरेका छन् ।
कोरोना भाइरसको सामना गर्दागर्दै दिवङ्गत चिनियाँ नागरिकप्रति श्रद्धाञ्जलि र शोकाकूल परिवारजनमा सहानभूति एवं समवेदना प्रकट गर्न चीन सरकारले आज आयोजना गरेको राष्ट्रिय शोक दिवसका सन्दर्भमा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत नेपाल सरकार, नेपाली जनता र आफ्नातर्फबाट चीनप्रति ऐक्यबद्धता जनाएका हुन् ।
फेसबुक पेज Like गर्नुहोस