काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ९९४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७७७ र एन्टिजेन विधिबाट २१७ जनामा संक्रमण पुष्टि भएको हो । 

शनिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । 

यस्तै, आज थप १३६८ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ ।

No photo description available.