पूर्वराजाका गतिविधिले देशमा प्रतिगमनको खतरा बढ्यो : चित्रबहादुर केसी
खबर एक्सप्रेस
२०८१-११-२६ १०:२७ मा प्रकाशित
Total Shares: 167
काठमाडौं - राष्ट्रिय जनमोर्चाले पूर्वराजा ज्ञानेन्द्र शाहका गतिविधिबाट संघर्षबाट प्राप्त उपलब्धिमाथि खतरा बढेर गएको बताएको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।
पूर्वराजाका गतिविधिले देशमा प्रतिगमनको खतरा धेरै बढेर गएको कुरा बारम्बार गर्दै आएको पनि बताएको छ । प्रतिगमनका खतराका विरुद्ध लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताका पक्षधरहरूलाई कार्यगत एकता हुन पर्नेमा जोड दिएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस