सुनको मूल्य निरन्तर ओरालो
खबर एक्सप्रेस
२०७७-०४-२७ १२:११ मा प्रकाशित
Total Shares: 307
काठमाडौं - सुनको मूल्य आज (मंगलबार) पनि ओरालो लागेको छ ।
हिजो सोमबार तोलामा २ सय रुपैयाँले घटेर १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने तोलाको ४० रुपैयाँले बढेर प्रतितोला एक हजार ४ सय ३५ रूपैयाँ कायम रहेको महासंघले बताएको छ । सोमबार चाँदी तोलाको १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय ९५ रूपैयाँमा कारोबार भएको थियो ।
फेसबुक पेज Like गर्नुहोस