काठमाडौं - नेकपा माओवादी केन्द्रले एमालेतर्फ लागेर मन्त्री भएका गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ । 

शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले  गृहमन्त्री बादलसहित मन्त्रीहरुलाई मन्त्रिपरिषद्बाट फिर्ता हुन निर्देशन दिएको हो ।

एमालेतर्फ लागेर माओवादीबाट मन्त्री बन्नेहरुमा गृहमन्त्री बादलसहित उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु शाह, खानेपानी मन्त्री मणि थापा, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी र युवा तथा खेलकूद मन्त्री दावा लामा रहेका छन् ।