काठमाडौं - सरकारको पहलमा राजधानीमा मास्क उत्पादन सुरु भएको छ ।

नेपाल चेम्बर अफ कमर्सको सक्रियतामा व्यवसायी दीपक मल्होत्राले खुलेको मास्क उद्योगमा दैनिक ५० हजार थान मास्क उत्पादन सुरु भएको छ ।

नाकामा मेसिन र उपकरणहरु अड्किँदा निर्धारित समयभन्दा ३ दिन ढिला गरेर सोमबारबाट मास्क उत्पादन सुरु भएको चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी दिए

मास्क सुरुमा राजधानीका अस्पतालमा र पछि राजधानी बाहिर वितरण गर्ने तयारी रहेको छ ।

निजी क्षेत्रले समाजिक उत्तरदायित्वलाई ध्यानमा राखेर संकटको समयमा मास्क उत्पादन सुरु गरेको श्रेष्ठले बताए । नेपालमा अहिले मास्कको चरम अभाव छ । यसका कारण कालोजारी पनि मौलाएको छ ।