स्पष्टीकरणको जवाफ आएपछि कुलमान घिसिङलाई हटाउने वा नहटाउने निर्णय हुन्छ : ऊर्जामन्त्री
खबर एक्सप्रेस
२०८१-११-२३ ०७:५८ मा प्रकाशित
Total Shares: 145
काठमाडौं - ऊर्जामन्त्री दीपक खड्काले कुलमान घिसिङको स्पष्टीकरणको जवाफ आएपछि पदबाट हटाउने वा नहटाउने निर्णय हुने बताएका छन्।
शुक्रबार संसद भवनमा कुलमानलाई हटाउने हो भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री खड्काले स्पष्टकरणको जवाफ आएपछि निर्णय लिने जवाफ दिए। उनले नेपालमा भारतबाट बिजुली आयात गरिएका कारण लोडसेडिङ हट्न सफल भएको जिकिर गरे।
भारतलाई समेत विजुली आवश्यक भइरहेको अवस्थालाई नेपाललाई विद्युत् दिएर ठूलो सहयोग गरेको उनले बताए। प्राधिकरणका नाफाको विषय छानबिन भएपछि थाहा हुने उनको भनाइ छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस