शिल्पा सेट्टीका श्रीमान राज कुन्द्रा पक्राउ, पोर्न फिल्म बनाएको आरोप
काठमाडौं - बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रा पक्राउ परेका छन् । पोर्न फिल्म बनाएको र बेचेको आरोपमा उनलाई पक्राउ गरिएको हो । राज कुन्द्रालाई मुम्बई प्रहरीको क्राइम ब्रान्चले सोमबार मध्यरातमा पक्राउ गरेका हुन् ।
मुम्बई प्रहरीका कमिश्नरका अनुसार राज कुन्द्राको विरुद्ध यथेष्ट प्रमाण फेला परेका छन् । सोमबार रातीदेखि नै उनीमाथि क्राइम ब्रान्चले वयान लिएको थियो । वयानपछि उनलाई पक्राउ गरिएको हो ।
राजले अश्लिल फिल्म निर्माण गरिरहेको प्रमाण प्रहरीले फेला परेको छ । त्यती मात्र होइन, उनले ति अश्लिल फिल्महरु बिक्री वितरण समेत गरिरहेको पाइएको छ । उनले अलग अलग एप्सको माध्यामबाट त्यस्ता अश्लिल फिल्म बेचिरहेको पाइएको छ ।
प्रहरी राज कुन्द्राको घरमा समेत पुगेर सोधीखोजी गरिरहेका छन् ।
इमेलको माध्यामबाट उनी अश्लिल भिडियो विदेशमा पठाउने गर्थे । त्यसपछि विदेशबाटै ओटीटी प्लेटफर्ममा अपलोड गरिन्थ्यो । मुम्बई क्राइम ब्रान्चले धेरै अघिदेखि नै उनलाई शंकाको घेरामा राखेर अनुसन्धान गरिरहेको थियो । प्रहरीका अनुसार उनले यो धन्दा चलाएको यथेष्ट प्रमाण फेला परिसकेको छ ।
यस आरोपमा उनीसहित ११ जना पक्राउ परेका छन् । प्रहरीले उनको सम्पतिको पनि खोजतलास गरिरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस