काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता डा.  भीमबहादुर रावलले माथिल्लो कर्णाली जलविद्युत आयोजना अघि बढाउने जिएमआर कम्पनीसँगको सम्झौंता तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् ।

बुधबार सो आयोजनाबारे सरकारको ध्यानाकर्षण गराउन जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गर्दै नेता रावलले लामो समयदेखि सो आयोजना ओगट्ने काम मात्रै गरेको उल्लेख गर्दै सो भारतीय कम्पनीसँगको सम्झौंता तत्काल खारेज गरी जनताको सहभागितामा सरकार आफैंलाई अगाडि बढाउन पनि आग्रह गरे ।

उहाँले विगतमा गरिएको सर्तहरु उलंघन गर्ने, नेपालको राष्ट्रिय हित विपरित हुने गरी सो कम्पनीले गतिविधि गरिरहेकाले सो सम्झौंता रद्द गरेर नेपाल सरकार आफैंले वित्तिय व्यवस्थापन गरेर सो आयोजना अघि बढाउनुपर्ने स्पष्ट पारे।

नेता रावलले सम्झौता विपरितका गतिविधिमा संलग्न सो कम्पनीसँग पटकपटक झुक्ने काम गरिरहेको भन्दै सरकारको पनि कडा आलोचना गरे।