सुदूरपश्चिमका दुई मन्त्रीले दिए राजीनामा
खबर एक्सप्रेस
२०७८-०५-२२ ०५:५५ मा प्रकाशित
Total Shares: 300
काठमाडौं, धनगढी - सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्रीले पदबाट राजीनामा दिएका छन् ।
मंगलबार सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश शाह र अर्थ राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएका हुन् । दुवैजना एमालेबाट सरकारमा सहभागी भएका थिए । शाह एमाले संसदीय दलका नेतासमेत हुन् । माधवकुमार नेपाल समूहमा रहेका शाह र गहतराज एमालेमै रहेका छन् ।
तत्कालीन एमालेबाट दुई राज्यमन्त्रीसहित सातजना सरकारमा सहभागी थिए । तर, माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि दुईजनाले राजीनामा दिएका हुन् । पाँचजनाले नेकपा (एस) रोजेका छन् र उनीहरू सरकारमै रहेका छन् ।
फेसबुक पेज Like गर्नुहोस