कांग्रेस सभापति देउवाले बोलाए विपक्षी दलहरूको बैठक
खबर एक्सप्रेस
२०८१-०३-१९ ०१:३० मा प्रकाशित
Total Shares: 80
काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिपक्षमा रहेका दलहरूको बैठक बोलाएका छन् ।
कांग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्ने सहमतिपछि सभापति देउवाले प्रतिपक्ष दलको बैठक बोलाएका हुन्।
देउवा निवास बूढानीलकण्ठमा मंगलबार साँझ बैठक बस्नेछ । कांगेसले बोलाएको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत दल सहभागी हुने भएका छन् ।
यसअघि सहकारी छानबिन समितिको मागको क्रममा विपक्षी दलहरूको बैठक बसेको थियो ।
कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनाउने सोमबार सहमति बनेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस