बढ्यो सुनको मूल्य
खबर एक्सप्रेस
२०७७-०४-३० ११:३९ मा प्रकाशित
Total Shares: 317
काठमाडौं - शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोलामा ८ सय रुपैयाँले बढेर ९८ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । सुन बिहिबार पनि दुई हजार ४ सय रुपैयाँले बढेको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी प्रतितोलामा ६० रुपैयाँले बढेर एक हजार ३ सय ५५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस