काठमाडौं - युरोपा लिग फुटबलको अन्तिम १६ को पहिलो लेगको खेलमा म्यान्चेष्टर युनाईटेडले फराकिलो जित निकालेको छ ।बिहीवार राति युनाईटेडले करिब ५ सय दर्शकसामु अष्ट्रियाको लास्कमाथि ५–० को फराकिलो जित निकालेको हो ।

ओडियन इल्लूको गोलसंगै युनाईटेडले २८औं मिनेटमा खेलमा अग्रता बनाएको थियो । ३० वर्षका नाईजेरियाली हस्तीले सुरुवाती तीन खेलमा चार गोल गरिसकेको छन् । युनाईटेड पछिल्ला सबै प्रतियोगिताका ११ खेलमा अपराजित छ ।

ह्वाँ माटा, ड्यानियल जेम्स र ह्यारी मगुईरीले परिवर्तित टोलीमा स्थान बनाए । जेम्सले ५९औं मिनेटमा युनाईटेडका लागि दोस्रो गोल गरे । त्यस्तै, माटा, मासन ग्रिनउड र एन्ड्रिास परेराले गोल गर्दै युनाईटेडलाई शानदार जित दिलाए ।

युरोपेली प्रतिस्पर्धामा युनाईटेडले अष्ट्रियाको क्लबबिरुद्वको खेल गुमाउनु परेको छैन । पहिलो लेगमा प्राप्त जितले युनाईटेड क्वार्टरफाइनलको ढोका नजिक पुगेको छ ।