आर्सनल एफए कपको क्वार्टरफाईनलमा
खबर एक्सप्रेस
२०७६-११-२० ११:०० मा प्रकाशित
Total Shares: 567
काठमाडौं - आर्सनल एफ ए कपको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।
आईतबार राति पाँचौ चरणको खेलमा पोर्ट्समाउथलाई २–० गोल अन्तरले हराउँदै आर्सनलले अन्तिम ८ पुगेको हो ।
आर्सनलको जितमा स्रोक्राटिस र एडी नेकेथियाले समान एक एक गोल गरे ।
खेलमा स्रोक्राटिसले पहिलो हाफको ईन्जुरी समयमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । एडी नेकेथियाले ५१ औं मिनेटमा आर्सनलको अग्रता दोब्बर बनाए । आर्सनलले अधिकांश २० भन्दा मुनीका खेलाडी मैदान उतारेको थियो ।
फेसबुक पेज Like गर्नुहोस