प्रधानमन्त्रीले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने
खबर एक्सप्रेस
२०८१-०३-१९ १२:०६ मा प्रकाशित
Total Shares: 75
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने भएका छन् ।मंगलबार बिहान सम्पन्न माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर विश्वासको मतको सामना गर्ने निर्णय गरेको माओवादी नेता देवेन्द्र पौडेलले जानकारी दिएका छन् ।
बैठकपछि जानकारी दिदै नेता पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले तीन चार दिनदेखिको छलफलमा अहिलेको गठबन्धनलाई नै गाडी बढाउने बताइरहेको र बाहिर कांग्रेससँग सहमति गरेको आरोप लगाएका छन् ।माओवादी केन्द्रले संसदको सामना गर्ने निर्णय गरेको बताउदै रास्वपासहितका अन्य दलहरुसँग छलफल गर्ने बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस