पूर्वप्रधानमन्त्रीहरूसँग देउवाको अपिलः ‘संकटबाट नेपाल र नेपालीलाई जोगाउन एक जुट बनौं’
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस (कोभिड १९)को संकटबाट मुलुकलाई जोगाउन पूर्वप्रधानमन्त्रीहरूसँग ऐक्यबद्ध भएर गम्भीर ढंगले कार्य गर्न अपिल गरेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले आइतबार दिउँसो पूर्वप्रधानमन्त्रीहरुसँग टेलिफोनमा वार्ता गरेको बताउँदै नेपाल र नेपाली जनतालाई जोगाउन एकताबद्ध भई गम्भीर ढंगले कार्य गर्न अपिल गरेको सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिएका हुन् ।
‘लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई तथा मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीसँग आज टेलिफोनमा संवाद गरेँ,’ देउवाले लेखेका छन् ‘आजको संकटबाट नेपाल र नेपालीलाई जोगाउन एकताबद्ध भएर गम्भीर ढंगले कार्य गरौं, अपील गरेको छु।’
फेसबुक पेज Like गर्नुहोस