राती एकान्तमा लगेर गोली प्रहरी गरी युवकको हत्या
धनुषा - जिल्लाको सबैलामा गएराति एक जना युवकको गोली हानी हत्या भएको छ । सवैला वडा नं। ७ नवटोली बस्ने जय किशोर मण्डलको छोरा २५ वर्षीय अरुण मण्डल घरमै रहेका वेला चिनजानकै मानिशले बोलाएर एक सय मिटर पर रहेको पोखरीको डिलमा पुगेपछि गोली हानी हत्या गरेको धनुषा प्रहरी प्रवक्ता डिएसपी रामेश्वर कार्कीले बताएका छन् । यद्यपि मण्डललाई कस्ले बोलायो भन्ने बारेमा प्रहरीले खुलाउन चाहेनन् ।
अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय, धनुषाका एक अधिकृतका अनुसार चिनजानकै व्यक्तिले बोलाएपछि उनी घरबाट निस्किएका थिए । त्यसैले व्यक्तिगत रिसिइबीका कारण घटना भएको हुनसक्ने आशंका गरिएको छ ।
यद्यपि, आरोपित पक्राउ परेपछि मात्रै हत्याको कारणबारे खुल्नेछ । प्रहरीका अनुसार मण्डलको कन्चटमा गोली लागेको छ । प्रहरी परिचालन गरि घटनाको थप अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस