काठमाडौं-नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।

रोहित पौडेलको कप्तानीमा क्यानले टोलीको घोषणा गरेको हो ।

टोलीका सदस्यहरूमा आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी र ललित राजवंशी रहेका छन् ।

त्यस्तै, करन केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमल सिंह ऐरीले पनि टोलीमा स्थान बनाउन सफल भएका छन् ।

टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा सुरु हुँदैछ ।

टी-२० विश्वकपकमा नेपाल रहेको समूह डी मा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स छन् ।

नेपालले पहिलो खेल ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपालले १२ जुनमा श्रीलंकासँग खेल्नेछ ।

१५ जुनमा दक्षिण अफ्रिका र १७ जुनमा नेपालले बंगलादेशसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके नेपालले सुपर ८ मा स्थान बनाउनेछ ।