धादिङ केन्द्रबिन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्पको धक्का
खबर एक्सप्रेस
२०७७-०२-१७ ०९:५५ मा प्रकाशित
Total Shares: 320
काठमाडौं - धादिङ केन्द्रबिन्दु भएर शनिबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले ४.८ रेक्टरस्केलको भूकम्पको धक्का गएको पुष्टि गरे ।
भूकम्प ९ बजेर ३६ मिनेट जाँदा धादिङको सुनौला बजार आसपास केन्द्रबिन्दु भएर गएको हो । भूकम्प नयाँ नभएर २०७२ सालको भूकम्पकै पराकम्प भएको उनले स्पष्ट पारे ।
फेसबुक पेज Like गर्नुहोस