काठमाडौं-नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखक मनोनयन भएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले सांसद रमेश लेखकलाई प्रतिनिधिसभाको मुख्य सचेतक पदमा मनोनयन गरेका हुन्।

सभापति देउवाले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा ११३ को उपधारा १ बमोजिम प्रतिनिधिसभाका सदस्य लेखकलाई मुख्य सचेतकमा मनोनयन गरेको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ।

मंसिर ४ मा सम्पन्न निर्वाचनमा लेखक कञ्चनपुर– ३ बाट निर्वाचित भएका हुन्।