सत्ता गठबन्धनले जनता झुक्याउनका लागि मात्रै घोषणापत्र ल्याए : ओली
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका दलका चुनावी घोषणापत्रको आलोचना गरेका छन्। सोमबार चितवनमा भएको चुनावी सभालाई सम्बोधन गर्दै सत्ता गठबन्धनले जनता झुक्याउनका लागि मात्रै घोषणापत्र ल्याएको टिप्पणी गरेका हुन्।
मंसिर ४ को निर्वाचनपछि आफ्नो नेतृत्वको सरकार बन्ने दाबी गर्दै ओलीले एमालेले गर्ने काम घोषणापत्रमार्फत प्रष्ट भनिसकेको बताए। उनले भने, ‘चुनावपछि पनि गठबन्धन रहन्छ रे। सबैले बेग्लाबेग्लै घोषणापत्र ल्याएका छन्। एउटा भन्छ गणतन्त्र नभई हुँदैन अर्को गणतन्त्र सुन्नै मान्दैन।’
ओलीले देश बनाउने एमालेको घोषणापत्र मात्रै नभएको जिकिर गरे। गठबन्धन सरकाले ध्वस्त पारेको अर्थतन्त्र एमाले सरकार बनेपछि उकास्ने उनको दाबी छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस