काठमाडौं - काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट चोरी भएको शिशु फेला परेको छ ।

काठमाडौं प्रहरीको विशेष टोली र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काँडाघारीबाट बच्चाको उद्धार गरेको हो ।

प्रहरीको विशेष टोलीले चोरी भएको बच्चा सूचना पाएको आठ घण्टापछि शिशुलाई काँडाबारीमा फेला पारेको जनाएको छ । प्रहरीका अनुसार सनसिटी अपार्टमेन्ट पछाडि बस्ने महिलाले बच्चा चोरेकी थिइन् ।

दैलेख घर भई काठमाडौँको काँडाघारीमा डेरा गरी बस्ने २४ वर्षीय मनीषा सिंहलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । बच्चा चोरी गर्ने महिलाकी दिदी र उनका श्रीमानलाई पनि पक्राउ गरिएको छ ।