राउटे युवतीमाथि जबर्जस्ती करणी गरेको आरोपमा तीन जनाविरुद्ध जाहेरी दर्ता
खबर एक्सप्रेस
२०७८-०२-२४ ०४:१२ मा प्रकाशित
Total Shares: 498
काठमाडौं, सुर्खेत - दुई राउटे युवतीमाथि जबर्जस्ती करणी गरेको आरोपमा तीनजनाविरुद्ध सुर्खेत प्रहरीमा जाहेरी दर्ता भएको छ ।
१९ र २३ वर्षकी ती युवतीहरूलाई होटलमा लगेर मदिरा सेवन गराई जबर्जस्ती करणी गरेको भन्दै गुर्भाकोट नगरपालिकाका दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल संचालक विनोद पुनविरुद्ध मानव ओसारपसार, यौन दुर्व्यवहार र जबर्जस्ती करणीको मुद्दा चलाउन किटानी जाहेरी दिइएको हो ।
उनीहरू तीनैजनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरू गरिसकेको र गल्तीसमेत स्वीकार गरिसकेका छन् ।
फेसबुक पेज Like गर्नुहोस