पाल्पा - पाल्पामा कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका २ जना सैनिकमा कोरोना पुष्टि भएको छ ।

भारतबाट घर फर्किएका पूर्वखोला गाउँपालिका, सिलुवाका ३६ वर्षीय एकजना पुरुषको गएको जेठ २० गते उपचारका क्रममा मृत्यु भएको थियो । उनको गएको जेठ २२ गते पाल्पा बुटवल सडक खण्डको डुम्रेखोलामा शव व्यवस्थापन गरिएको थियो ।

सडकदेखि शव व्यवस्थापनस्थलमा पुर्याउने क्रममा ठूलो पानी परेको, मृतकको र्‍याल चुहिएको जस्ता कारणले समस्या आएको हुन सक्ने स्वास्थ्य कार्यालय, पाल्पाले आशंका गरेको छ ।