ऐन टार्दै, खर्च गर्दै स्थानीय तह
खबर एक्सप्रेस
२०७६-१०-१२ ११:०० मा प्रकाशित
Total Shares: 492
काठमाडौं - अधिकांश स्थानीय तहले समयमा ऐन नबनाउने तर हतारमा कार्यविधि ल्याएर निर्णय र सम्झौता गर्ने प्रवृत्ति देखिएको छ ।
ऐन नबनाउनुलाई संघीयताको मुख्य चुनौती ठान्छन्, तत्कालीन संविधान मस्यौदा समिति सदस्य रेवतीरमण भण्डारी । ‘धेरैले कार्यविधिकै भरमा काम गरिरहेका छन्, यसले भोलि बेरुजु निम्त्याउँछ,’ उनी भन्छन्, ‘ऐन नबनाई गरेका काम पछि अवैधानिक पनि हुन सक्छन् ।’
ताप्लेजुङ फुङलिङ नगरपालिकाले २०७५ जेठ ६ गते यात्रु राज्जुमार्ग सञ्चालन अनुमतिसम्बन्धी कार्यविधि पारित गरेको थियो ।
त्यसलाई स्थानीय राजपत्रमा प्रकाशन नगरी जेठ १४ गते बसेको कार्यपालिका बैठकले केबलकार सञ्चालनका लागि कम्पनीलाई अनुमतिपत्र दियो ।
अन्नपूर्ण पोस्टबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस