देशका केहि स्थानमा वर्षाको सम्भावना, कुन कुन नदीमा छ बाढीको सम्भावना ?
काठमाडौं - शनिबार देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना समेत रहेको छ।
यसैगरी राति पनि देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २ र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको पनि सम्भावना रहेको छ। महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ भने मनसुनी न्यून चापीय रेखा तराई भूभाग भन्दा केही तल रहेको छ।
यी नदीमा बाढीको सम्भावना
शनिबार बिहानको मापनअनुसार कोशीको बहाब केही बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नारायणी, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको बहाव सामान्य तथा सतर्कता तह भन्दा तलै रहेको छ ।
आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, कास्की, तनहुँ, स्याङ्जा, बागलुङ र नवलपुर जिल्ला भइ बहने स–साना नदीहरुमा बहाव बढ्ने र केही आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान गरिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस