पन्जाबको केन्द्रीय कारागारबाट छुटे डिल्लीराम
खबर एक्सप्रेस
२०७६-०६-०३ ११:०० मा प्रकाशित
Total Shares: 900
काठमाडौं - अढाइ वर्षदेखि पन्जाब राज्यको अमृतसरस्थित केन्द्रीय कारागारमा रहेका २८ वर्षीय डिल्लीराम थारु छुटेको छन् ।
सरकारले समयमै छुटाउन पहल नगर्दा उनले अनाहकमा अढाइ वर्ष जेल बस्नुपरेको हो ।
थारुलाई जेल प्रशासनले बुधबार दिल्लीस्थित नेपाली दूतावासका काउन्सिलर वरिष्ठ प्रहरी उपरीक्षक प्रकाश अधिकारीको जिम्मा लगाएको छ ।
डिल्लीरामको रिहाईले भारतको अन्य जेलमा रहेका नेपालीका परिवारलाई पनि सकारात्मक सन्देश प्रवाह हुने भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले बताए ।
कान्तिपुर दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस