चेल्सी एफए कपको फाइनलमा
खबर एक्सप्रेस
२०७८-०१-०५ ०९:५७ मा प्रकाशित
Total Shares: 417
काठमाडौं, एजेन्सी - लन्डन क्लब चेल्सी एफए कपको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलमा म्यानचेस्टर सिटीलाई १-० ले पराजित गर्दै चेल्सीले उपाधि यात्रा तय गरेको हो ।
चेल्सीको जितमा हाकिमी जियाचले गरेको गोल नै निर्णायक बन्यो । उनले ५५औं मिनेटमा टिमो वेर्नरको पासमा गोल गरेका थिए ।
अब चेल्सीले उपाधिका लागि लेष्टर सिटी र साउथह्याम्पटनबिचको विजेताको सामना गर्नेछ । फाइनल खेल आगामी मे १५ मा हुनेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस