नेपालमा थप १२ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं - नेपालमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार २ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा बुधबार थप १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म नेपालमा २ लाख १२ हजार ९१७ संक्रमितको संख्या पुगेको बताए ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख २३ हजार ७५४ परीक्षणहरु गरिएका छन् ।
२४ घण्टामा जम्मा ६ हजार ७३१ पीसीआर परीक्षण भएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म २८ हजार ८७८ छ । क्वारेन्टाइनमा रहनेको संख्या ९१० रहेको मन्त्रालयले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस