नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
खबर एक्सप्रेस
२०७७-०७-१८ ०७:५२ मा प्रकाशित
Total Shares: 404
काठमाडौं - नेपालमा कोरोनाभाइरसको संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३ हजार ११४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार १ सय ४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ४१ हजार १३४जना संक्रमणमुक्त भएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस