काठमाडौं,एजेन्सी - इन्टर मिलान कोपा इटालिया फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको मिलान डर्बीमा इन्टरले एसी मिलानलाई २-१ले पराजित गरेको हो ।

खेलको सुरुवाती अग्रता भने एसीले लिएको थियो । खेलको ३१ औं मिनेटमा ज्लाटन इब्राहिमोविचले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । तर, त्यो अग्रता टिकेन ।५८औं मिनेटमा ज्लाटन दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि एसी दबाबमा पर्यो ।Imageत्यसको प्रत्यक्ष फाइदा उठाउँदै ७१ औं मिनेटमा इन्टर खेलमा फर्कियो ।

त्यसका लागि रोमेलु लुकाकुले पेनाल्टीबाट गोल गरेका थिए । त्यसपछि खेलको इन्ज्युरी समयमा इन्टरका क्रिस्टियन इरिक्सनले गोल गर्दै सेमिफाइनलमा स्थान पक्का गरे । अब इन्टरले सेमिफाइनलमा युभेन्ट्स र एसपीएलबीचको विजेतासँग खेल्नेछ ।