काठमाडौं - विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँगको तीन बुँदे सहमति पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।

शुक्रबार राष्ट्रिय सभा गृहमा भएको सहमति हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव चन्दले आफूहरु सरकारसँगको सहमति पालना गर्न प्रतिबद्ध रहेको बताए ।

सहमतिमा हस्ताक्षर भएपछि उनले सहिदको सपना पूरा नहुन्जेल नेपाली जनता र नेपाल राष्ट्रको भविष्यका लागि निरन्तर लागिरहने बताए । ‘सहिदको चाहना जनताको चाहना पूरा भएको छैन, जीवनदान गर्छौं, सहिदको सपना पूरा गरेर छाड्छौं ।’