सागर ढकालको निर्वाचन खर्च ८ लाख ६७ हजार
काठमाडौं-प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेल्धुराबाट चुनाव लडेका सागर ढकालले आफ्नो निर्वाचन खर्च सार्वजनिक गरेका छन्। ढकालले मंसिर ४ मा सम्पन्न निर्वाचनमा आफ्ना खर्च ८ लाख ६७ हजार ९७८ रुपैयाँ भएको बताएका छन्।
ढकालले आफ्नो निर्वाचन खर्च आइतबार निर्वाचन आयोगमा समेत बुझाएका छन्। ढकालले डडेल्धुरामा सम्पर्क कार्यालय स्थापना र सञ्चालनमा १ लाख २४ हजार रुपैयाँ खर्च भएको जनाएका छन्। त्यस्तै, कार्यालय व्यवस्थापनमा ८० हजार ९११ रुपैयाँ खर्च भएको उनले उल्लेख गरेका छन्। होटलमा बस्न, खानमा उनले २ लाख ७५ हजार १०७ रुपैयाँ खर्च भएको बताएका छन्।
स्टेसनरी, इन्टरनेटमा ४२ हजार १ सय ४०, भिडिओ, रेडियोमा प्रचार, छपाइ आदिमा १ लाख ११ हजार १ सय २० रुपैयाँ खर्च भएको उनको भनाइ छ।
पेट्रोल, डिजेलमा ९० हजार ३ सय ३०, काठमाडौँदेखि डडेल्धुरा आउन यातायातमा ५४ हजार ८ सय १५, मोटरसाइकल मर्मत ५१ हजार ७ सय ८५ र अन्यमा ३७ हजार ७ सय ७० रुपैयाँ ढकालले खर्च गरेका छन्।
ढकालले सो रकम आफूले सहयोगबापत प्राप्त गरेको बताएका छन्। डढेलधुराबाट प्रतिनिधिसभाको लागि विजयी भएका देउवाले २५ हजार ५३४ मत प्राप्त गरे भने ढकालले १३ हजार ४२ मत पाए।

.gif)



फेसबुक पेज Like गर्नुहोस