वायुसेवा निगमको कार्यकारी अध्यक्षमा सुशील घिमिरे नियुक्त
खबर एक्सप्रेस
२०७७-०१-०३ ११:५३ मा प्रकाशित
Total Shares: 373
काठमाडौं - सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा सुशील घिमिरेलाई नियुक्त गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेलाई चार वर्षका लागि निगमको कार्यकारी अध्यक्ष नियुक्त गरेको हो ।
पर्यटनमन्त्री योगेश भट्टराईले निगम सुधारका लागि घिमिरेकै नेतृत्वमा कार्यदल बनाएको थियो । अहिले उनलाई नै कार्यकारी अध्यक्षको जिम्मेवारी दिएका छन् । घिमिरे पूर्वपर्यटन सचिव हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस