दुई संसदीय समितिको बैठक आज
खबर एक्सप्रेस
२०८०-१२-०५ १०:५७ मा प्रकाशित
Total Shares: 81
काठमाडौं - राष्ट्रिय सभाअन्तर्गतका दुई संसदीय समितिको बैठक सोमबार बस्दैछ। विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे १० बजेका लागि बोलाइएको छ। बैठकमा समितिको सभापतिको निर्वाचन हुनेछ ।
यस्तै संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बिहान १० : ३० बजेकै लागि बोलाइएको छ। बैठकमा राष्ट्रिय सभा नियमावली २०७५ को नियम १५० को उपनियम (१) बमोजिम निर्वाचित सभापति र मनोनित भई आएका नयाँ सदस्यको स्वागत कार्यक्रम तय भएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस