नेपालमा थप ३ हजार २७४ जनामा कोरोना पुष्टि, २७ को मृत्यु
खबर एक्सप्रेस
२०७८-०५-०१ ०५:४० मा प्रकाशित
Total Shares: 282
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ३२७४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २४५६ र एन्टिजेन विधिबाट ८१८ जनामा संक्रमण पुष्टि भएको हो ।
मंगलबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ३७ हजार २९४ र एन्टिजेनबाट ७६ हजार ८३३ जना पुगेको छ ।
यस्तै, आज थप १९२९ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख ८७ हजार ६९ जना पुगेको छ । निको हुनेको दर ९३.२ प्रतिशत छ ।
आज संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या १० हजार ३५४ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस