स्पेनिस लिग: बार्सिलोनाले शीर्षस्थानको सोसिडाडलाई हरायो
खबर एक्सप्रेस
२०७७-०९-०२ ०८:२० मा प्रकाशित
Total Shares: 333
काठमाडौं,एजेन्सी - बार्सिलोनाले स्पेनिस लिगको शीर्ष क्लब रियल सोसिडाडलाई पराजित गरेको छ ।
गएराति नाउ क्याम्पमा बार्सिलोनाले ला लिगाको शीर्ष क्लब रियल सोसिडाडलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
खेलमा अग्रता पाहुना टोली सोसिडाडले डी सिल्भाको गोलमा लिएको थियो । त्यसको चार मिनेटपछि जोर्डी अल्बाले बार्सिलोनाका लागि बराबरी गोल फर्काए ।
पहिलो हाप सकिन तीन मिनेट अघि डी जोङले गोल गर्दै बार्सिलोनालाई २–१ ले अघि बढाएका थिए ।
दोस्रो हाफमा थप गोल हुन नसकेपछि खेल बार्सिलोनाले जितेको हो । जितसँगै बार्सिलोना २० अंकसहित पाँचौ स्थानमा उक्लिएको छ । सोसिडाड हारसँगै २६ अंकसहित दोस्रो स्थानमा झरेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस