काठमाडौं  - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पूर्वमाओवादीका नेताहरुलाई उपत्यका नछाड्न निर्देशन दिएका छन् ।

सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउने निर्णय गरेपछि अध्यक्ष प्रचण्डले पार्टीका आफूनिकट नेता तथा पूर्वमाओवादीका स्थायी कमिटी सदस्यहरुलाई केही दिनसम्म उपत्यका छाडेर बाहिर नजान निर्देशन दिएको उनी निकट एक नेताले जानकारी दिए ।

प्रधानमन्त्री एवं पार्टीका अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले पार्टी विभाजन गर्न एकलौटी अध्यादेश ल्याउने निर्णय गरेसँगै नेकपाभित्र हलचल मच्चिएकाे छ । यसअघि खुमलटार पुगेर पूर्वमाओवादीका नेताहरुले प्रचण्डलाई भेटेका थिए ।