पछिल्लो २४ घण्टामा थप ६६० जनामा कोरोना पुष्टि, एकको मृत्यु
खबर एक्सप्रेस
२०७९-०४-२१ ०४:४० मा प्रकाशित
Total Shares: 625
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६८२ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ३२६ तथा एन्टिजेन विधिबाट ३३४ जनामा गरी ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो समय मुलुकमा कोरोना संक्रमितको संख्या बढ्दो छ ।
कोरोनाबाट आज ४४४ जना निको भएका छन् भने एक जनाको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या पाँच हजार ६४१ पुगेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस