कोरोना संक्रमितको संख्या २६ हजार नाघ्यो, शनिबार ४६८ जना थपिए
खबर एक्सप्रेस
२०७७-०५-०१ ०४:२४ मा प्रकाशित
Total Shares: 334
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २६ हजार १९ पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १७ हजार २०१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२४ जना उपचारपछि डिस्चार्ज भएका छन् । ६६. ७ प्रतिशत संक्रमित निको भएका छन् ।
मुलुकभर ८ हजार १९३ सक्रिय सङ्क्रमित छन् । आज नेपालमा ११ हजार २७ जनाको पिसिआर विधिबाट नमूना परिक्षण गरिएको छ । अहिले क्वारेन्टाइनमा १४ हजार ४४८ रहेका छन्। होम आइशोलेशनमा ५२३ जना रहेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस