काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्न कुनै हतारो नभएको बताएका छन् । 

काठमाडौामा एक आयोजित कार्यक्रममा प्रकाश विकल्पको ‘समृद्धिको रोडम्याप’नामक पुस्तक विमोचन गर्दै अध्यक्ष प्रचण्डले आफुलाई प्रधानमन्त्री बन्ने हतारो नरहेको र अहिलेको लडाई आफू प्रधानमन्त्री बन्नको लागि नभचएको स्पष्ट पारेका हुन् । ‘मलाई प्रधानमन्त्री बन्ने हतारोपनि छैन। मेरो लडाई प्रधानमन्त्रीको होइन । मैले उठाएका मुद्दा स्थापित होस् भनेर मेरो लडाई जारी छ’ उनले भने ।   

यस्तै, अध्यक्ष प्रचण्डले आफूलाई शत्रुले मार्न खोजे पनि जनताले बचाएको बताएका छन् । आफूले उठाएको आन्दोलन किसान, मजदुर , दलित, जनजाति, भूमीहिन, महिला तथा सीमान्तकृत लगायत जनताको पक्षमा रहेको र उनीहरूको हकका लागि लडेकाले जनताले आफूलाई सदैव जोगाइरहेको उनको भनाई थियो ।