क्रिस गेल ईपीएल खेल्न नेपाल आउने
काठमाडौं - वेस्ट इन्डिजका ओपनर क्रिस गेल ‘युनिभर्सल बोस’ एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करणको खेल खेल्न नेपाल आउने भएका छन् । उनले इपिएलमा पोखरा राइनोजबाट खेल्ने पक्का भएको छ।
बिहीबार पत्रकार सम्मेलनमार्फत पोखरा राइनोजले गेलका बारेमा सार्वजनिक गरेको हाे । वेस्ट इन्डिजका लागि गेलले १ सय ३ टेस्ट, ३ सय १ वान डे र ५८ टि ट्वान्टी खेलेका छन् । सन् २०१६ मा वेस्ट इन्डिजलाइ टि ट्वान्टी विश्वकपको उपाधि दिलाउन महत्वपूर्ण प्रर्दशन गरेका थिए ।
गेलले नेपाल आउन पाउँदा उत्साहित भएको बताउँदै आफ्नो टिमलाई समर्थन गर्न पनि आग्रह गरेका छन् । गेल ईपीएलका लागि मार्च १२ मा नेपाल आउने छन् । ईपीएल चैत १ गतेदेखि १५ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।
गत सिजन पोखराबाट दक्षिण अफ्रिकाका रिचर्ड लेभीले खेलेका थिए । क्रिस गेललाई अनुबन्ध गर्न सफल हुनु यो सारा नेपालीको लागि खुशीको कुरा भएको आयोजकको भनाई छ ।
फेसबुक पेज Like गर्नुहोस