केही दिनमै एमाले फुटेर नयाँ पार्टी घोषणा हुने दावी
खबर एक्सप्रेस
२०७८-०२-११ ०७:३० मा प्रकाशित
Total Shares: 238
काठमाडौं - सत्तारुढ दल एमाले औपचारिक रुपमै विभाजनतिर उन्मुख भएको छ । सोमबार एमाले वरिष्ठ नेता माधव कुमार नेपालसहितका नेताहरु काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्न गएका थिए ।
उता त्यही बेला एमालेको स्थायी समिति बैठकले नेपाल र झलनाथ खनालसहित ११ जनालाई पार्टीको साधारण सदस्यबाट निष्काशन गर्यो । यी घटनासँगै एमालेमा विभाजनको रेखा कोरिएको हो ।
‘अब औपचारिक घोषणा मात्रै हुन बाँकी छ, एमाले विभाजन भइसक्यो’, एमालेका एक नेताले भने, ‘केही दिनमै नयाँ पार्टी गठन हुनेछ ।’
नागरिक दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस