सन्दीप लामिछाने राष्ट्रिय टिमबाट निलम्बित
खबर एक्सप्रेस
२०७९-०५-२३ ०७:५९ मा प्रकाशित
Total Shares: 206
काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बित गरेको छ ।
नाबालिगलाई बलात्कारको आरोपमा सन्दीपविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले उनलाई टीमबाट निलम्बन गर्ने निर्णय गरेको हो ।
१६ वर्षीया एक किशोरीले भदौ ५ गते राति आफुमाथि सन्दीपले बलात्कार गरको भन्दै मंगलबार प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् । सन्दीप हाल क्यारेवियन प्रिमियर लिग खेल्न वेष्ट इन्डिज छन् ।


.gif)



फेसबुक पेज Like गर्नुहोस