राष्ट्रनिर्माणका लागि जोखिमको विकल्प रोजेको हुँ : प्रधानमन्त्री प्रचण्ड
खबर एक्सप्रेस
२०८०-११-२४ ०२:४९ मा प्रकाशित
Total Shares: 89
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जोखिम लिएर आफ्नो राजनीतिक प्रतिबद्धताअनुसार राष्ट्रनिर्माणमा लाग्ने विकल्प रोजेको स्पष्ट पारेका छन्। बुधबारको प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले पदको रक्षामा लागिरहनेभन्दा जोमिख मोलेर आफू प्रतिबद्धताअनुसार काम गर्ने अर्को दोस्रो विकल्प रोजेको बताएका छन्।
‘मेरो पद असुरक्षित थिएन। तर पदको रक्षामा लागिरहने भन्दा जोखिम लिएर आफ्नो प्रतिवद्धताअनुसार राष्ट्र निर्माणमा लाग्ने दोस्रो विकल्प रोजेको हुँ’, उनले भने । प्रधानमन्त्री प्रचण्डले व्यक्तिका रुपमा कांग्रेस नेतृत्व र नेताहरूले माया गरे पनि परिवर्तन, सुशासनका सन्दर्भमा अफ्ठ्यारोमा पारेको बताए।

.gif)



फेसबुक पेज Like गर्नुहोस