काठमाडौं - सरकारले वैशाख २७ गते संसदको अधिवेशन बोलाउन सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने तयारी गरेका छन् । 

प्रधानमन्त्री पदमा कायम रहन प्रधानमन्त्री ओलीले १३८ सांसदको समर्थन लिनुपर्छ । प्रधानमन्त्रीले आफूमाथि संसदको विश्वास छ वा छैन भन्ने यकीन गर्न जुनसुकै बेला विश्वासको मत लिन सक्छन् । सरकारमा अहिले माओवादी केन्द्रको समर्थन रहेको छ ।